जबरजस्ती करणी उद्योग अाराेपमा व्यवसायी कठायत जेल चलान
रामेछाप- रामेछाप उद्योग बाणिज्य संघका काेषाध्यक्ष पवन कठायत जवरजस्ती करणीको उद्योग अभियाेगमा जेल चलान भएका छन् । मंगलबार जिल्ला अदालत रामेछापले कठायतलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पुर्पक्षको लागी जेल चलान गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङका अनुसार भतिजी वुहारी नाता पर्ने विनु यादवलाई मन्थली १ भैसेश्वरमा रहेको घरमा कोहि नभएको मौका छोपी जवरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । उनले दिएको जाहेरीको आधारमा उनलाइ भदौँ १ गते मन्थलीबाट पक्राउ गरेको थियो ।
भदाैँ १ गते पक्राउ परेका कठायतलाई २१ दिन सम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेकाे थियाे । जसमा जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई आज पुर्पक्षको लागी जेल चलान गरेको हो ।
पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस