कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा- जिल्ला प्रहरी कार्यालय झापाले कर्तब्य ज्यान मुद्धामा फरार रहेकाे प्रतिवादीलाई बिहीबार पक्राउ गरेकाे छ ।
पुनरावेदन अदालबाट मिति २०६५ साल फागुन २३ गते भएकाे फैसलामा कर्तब्य ज्यान मुद्धामा जन्मकैद ठहरेकाे फरार प्रतिबादी साविक सतासिधाम गाविस ३ का ३७ वर्षिय दिप्सन लावतीलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
प्रतिवादी लावतीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार पक्राउ गरिएकाे प्रहरी प्रवक्ता पाठकले बताए ।
लावतीले १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाकी रहेकाे छ भने , यश अघि १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरिसकेका छन् । पक्राउ परेका प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।
ज्यान मुद्दामा झापा जिल्ला अदालतको मिति २०६३।०६।०३ गतेको फैसला पुनरावेदन परी पुनराबेदन अदालतबाट मिति २०६५।०१।१७ गते जन्म कैद हुने ठहरी फैसला भएकोमा थियाे । सो फैसला उपर सर्बोच्च अदालतमा पुनरावेदन परेकाे थियाे । सर्वाेच्च अदालतले मिति २०६५।११।२३ गते पुनराबेदन अदालतबाट भएको फैसला सदर गरि लावतीलाइ जन्म कैद ठहरेको थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस