स्राेत नखुलेको १३ लाख ६० हजार सहित एकजना प्रहरी नियन्त्रणमा
झापा- झापा गाउपालिका १ काे लुसना सिमाक्षेत्रमा स्राेत नखुलेको १३ लाख ६० हजार रकम सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
झापा गाउपालिका १ लसुना सिमाक्षेत्रमा पदैल यात्रा गरिरहेका व्यक्तिमाथि शुक्रबार प्रहरीलाई संका लागेर चेकजाँच गर्दा झापा १ लसुनाका ५४ बर्षिय तेज बहादुर गणेशकाे साथबाट स्राेत नखुलेकाे १३ लाख ६० हजार रकम फेला पारेकाे प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
भारतबाट नेपाल तर्फ अाउदै गरेका गणेशलाइ प्रहरीले नियन्त्रणमा लिइ अावस्यक कारबाहीका लागि राजश्व अनुसन्धानकाे कार्यलय ईटहरि पठाएकाे प्रहरी प्रवक्ता पाठकले जानकारी दिए ।
गणेशले प्लास्टिककाे दुइवटा झाेलामा प्याकगरि लुकाई छिपाइ ल्याउदै गरेकाे रकममा नेपाली १ हजार दरकाे नाेट ९ सय थान ,५ सय दरकाे नाेट ८ सय थान र १ सय दरकाे नाेट ६ सय थान गरि १३ लाख ६० हजार स्राेत नखुलेकाे रकम रहेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस