प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित
हेटौंडा – नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।संस्थापन इतर समूहकाे तर्फबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका उम्मेदवार सरोज अधिकारीलाई पराजित गर्दै उनी विजयी भएका हुन्।
त्यसैगरि महासचिव पदमा संस्थापनइतरबाट दिलिप पाैडेल निर्वाचित भएका छन् ।संसथापन पक्षका उम्मेदवार जगन्नाथ दुलाललाई झन्डै दोब्बर मतान्तरले पराजित गर्दै संस्थापन इतर समूहका दिलिप पौडेल निर्वाचित भएका हुन् ।
यसैगरि उपाध्यक्ष पदमा पनि संस्थापन इतर समूहकै नकुल अर्याल खुल्ला उपाध्यक्षमा पदमा निर्वाचित भएका छन् । अर्को खुला उपाध्यक्ष पदमा भने अर्को संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् , भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।
महिला उपाध्यक्षमा संस्थापनइतरबाट सलोजा दाहाल निर्वाचित भएकिछन् ,भने उपत्यका प्रदेश उपाध्यक्षमा जीवन भण्डारी र बागमती प्रदेशमा मुरारी अधिकारी निर्वाचित भएका छन् ।
प्रेस युनियन केन्द्रिय पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस