प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित

हेटौंडा – नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।संस्थापन इतर समूहकाे तर्फबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका उम्मेदवार सरोज अधिकारीलाई पराजित गर्दै उनी विजयी भएका हुन्।
त्यसैगरि महासचिव पदमा संस्थापनइतरबाट दिलिप पाैडेल निर्वाचित भएका छन् ।संसथापन पक्षका उम्मेदवार जगन्नाथ दुलाललाई झन्डै दोब्बर मतान्तरले पराजित गर्दै संस्थापन इतर समूहका दिलिप पौडेल निर्वाचित भएका हुन् ।
यसैगरि उपाध्यक्ष पदमा पनि संस्थापन इतर समूहकै नकुल अर्याल खुल्ला उपाध्यक्षमा पदमा निर्वाचित भएका छन् । अर्को खुला उपाध्यक्ष पदमा भने अर्को संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् , भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।
महिला उपाध्यक्षमा संस्थापनइतरबाट सलोजा दाहाल निर्वाचित भएकिछन् ,भने उपत्यका प्रदेश उपाध्यक्षमा जीवन भण्डारी र बागमती प्रदेशमा मुरारी अधिकारी निर्वाचित भएका छन् ।
प्रेस युनियन केन्द्रिय पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस