द्वन्द पिडित महिला राष्ट्रिय संजालकाे अभिमुखिकरण मन्थलीमा
रामेछाप -द्वन्द पिडित महिला राष्ट्रिय संजाल रामेछापले एकदिने अभिमुखिकरण कार्यक्रम मन्थलीमा सम्पन्न गरेकाे छ । बुधबार संजालले सराेकारवालाहरुसँगकाे एकदिने अभिमुखिकरण कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले कार्यक्रम एकदम राम्रो रहेकाे बताएकी छन् । कुनैपनि पिडित महिलाकाे सहयाेगका लागि अाफु सधै तयार रहेने प्रमुख खड्काले बताइन ।
त्यसैगरि मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पनि नगरकाे तर्फबाट गर्न सकिने सहयाेगमा कुनै कमि नहुने भन्दै उन्ले द्वन्द्व पिडितहरुका लागि काम गरिरहेका सबैखाले संघसंस्था तथा सरकारी निकायकाे समन्वय गरेर अगाडि बढ्नसके कार्यक्रम प्रभावकारी हुने बताए ।
संजालले रामेछापमा द्वन्द्वका समयमा भएका घटनाबाट प्रभावित महिलाहरुका लागि लक्षित गरेर शान्तिका लागि पहल गर्ने , पिडित महिलाकाे जिविकाेपार्जनमा सहयाेग गर्ने र बलात्कार तथा जघन्य अपराधका घटनाबाट पिडित महिलाका लागि न्यायमा पहुँच पुर्याउने उद्देश्यले न्यायमा सवलीकरण परियाेजना संचालन गर्न लागेकाेपरियाेजनाका व्यवस्थापक नवीन महर्जनले जानकारी दिएका छन् ।
अमेरिकन सरकारकाे सहयाेगमा उक्त परियाेजनाले द्वन्द्वबाट प्रभावित नेपालका रामेछाप लगाएत विभिन्न १० जिल्लामा परियाेजना सुरु भएकाे द्वन्द्व पिडित महिलाहरुकाे राष्ट्रिय संजालका केन्द्रीय अध्यक्ष सिर्जना श्रेष्ठले जानकारी दिइन् । संजालले द्वन्द्वका समयमा भएकाे घटनाहरुबाट पिडित भएका महिलाकाे न्यायका लागि लामाे समय सम्म देखि संघर्ष गर्दै अाएकाे र यश विषयमा सरकारले खासै सम्बाेधन नगरेको गुनासाे गरेकी छन् ।
अमेरिकन सरकारकाे सहयाेग मार्फत पिडित महिलाकाे सहयाेगार्थ परियाेजना संचालन गरेकाे भएतापनि याे कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानिय,प्रदेश , संघिय सरकार तथा नागरिक समाज सबैकाे पुर्ण साथ र सहयोगकाे अपेक्षा राखेकाे श्रेष्ठले बताइन् ।
कार्यक्रम द्वन्द्व पिडित महिला संजाल रामेछापकी अध्यक्ष हिराकुमारी गिरीकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का , मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ ,राजनिती दलका प्रतिनिधिहरु,नागरिक समाजका तथा संचारकर्मीहरुकाे सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस