रामेछापमा बस दुर्घटना ९ जनाकाे मृत्यु २४ घाइते

रामेछाप – रामेछाप जिल्लाकाे सुनापति गाउपालिकाे लुभसघाट नजिकै यात्रुबाहक बस दुर्घटना हुदा ९ जनाकाे मृत्यु भएकाे छ, भने २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान सुनापतिबाट काठमाडौ तर्फ जाँदै गरेकाे बा ३ ख ८३९६ नम्बरकाे यात्रुबाहक बस हिलेदेवीबाट काठमाण्डाैं तर्फ जांदै गर्दा सुनापती ५ र खाँडादेवी १ को सिमानाकाे मोडमा दुर्घटना भएकाे हाे ।
बस अचानक सडकबाट अं.३०/३५ मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घटना स्थलमै ४ महिला सहित ९ जना मृत्यु भएकाे छ । घाइते २४ जनालाई भने उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे र थप विवरण भने अाउन बाकी रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनाकाे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरिक्षकको राजकुमार थिङकाे नेतृत्वमा प्रहरी घटना स्थालमा पुगेकाे थियाे । उक्त प्रहरी टाेलीले बसमा सवार २४ जना घाइतेहरुकाे उद्दार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ ।
बसमा कति यात्र सवार थिए र अन्य कति व्यक्ति घाईते छन् भन्ने सम्बन्धमा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । घटना स्थल
प्रहरी चौकी लुभुघाटबाट अं. २०० मिटर उत्तर पर्ने र जिल्ला प्रहरी कार्यालयबाट बाट अं. ५५ कि.मि.पश्चिम पर्दछ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस