निर्वाचनकाे समयमा महिला विरुद्ध हुने गलत , मिथ्या र घृणास्पद अभिव्यक्तिका विषयमा युवाहरुका लागि एक दिने अभिमखिकरण

काठमाडौ – नेपाल युवा संस्था संञ्जाल (अायाेन) ले स्थानिय निकायकाे निर्वाचन नजिकै गर्दा निर्वाचनकाे समयमा महिला विरुद्ध हुने गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिका विषयमा युवाहरुका लागि युवाहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रममा गरेकाे छ ।
नेपाल युवा संस्था संञ्जाल (अायाेन) काे अायाेजनामा नारी दिवसकाे अवसरमा शुक्रबार काठमाडौमा महिला दिवसको सन्दर्भ पारेर आयोनले निर्वाचनको समयमा महिला विरुद्ध हुने गलत सूचना, मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति“ विषयक छलफल कार्यक्रममा गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य तथा संघीय साम्सद डा: डिला संग्राैलाले राजनीति गर्ने महिलाहरुले धेरै खाले समस्याहरु भाेग्नु पर्ने बताइन । पुरुषकाे तुलनामा महिलालाई राजनिती गर्न सहज वातावरण बनिनसकेकाे बताउदै संग्राैलाले भनिन अबकाे निर्वाचनमा जहा महिला उमेदवार हुन्छन् त्यहा जिताउन युवाहरु एक भएर लाग्न अाग्रह गरेकी छन् । जब सम्म निर्णायक तहकाे नेतृत्वमा महिला पुग्न सक्दैन तब सम्म नितिमा , बिधिमा र बुझाइमा परिवर्तन अाउदैन । त्यसैगरि कार्यक्रममा निर्वाचन अायाेगलाई महिला लक्षित वर्गहरुका व्यक्तिहरुका लागि बिशेष सुविधा व्यवस्था मिलाउन पनि अाग्रह गर्दै समयसापेक्ष अर्थात समयसान्दर्भिक विषयमा छलफल चलाएकाेमा अायाेनलाइ धन्यवाद व्यक्त गर्दै यस्ताे विषयमा स्थानिय स्तरमा छलफल चलाउनु पर्ने बताएकी छिन् ।
यसैगरि कार्यक्रममा सहभागीहरुकाे गुनासालाइ सम्वाेधन गर्दै निर्वाचन अायाेगका उपसचिव सुर्य अार्याल निर्वाचनको समयमा हुने कुनैपनि प्रचनर प्रसार तथा सुचना सहि हाे या हाेइन भनी पहिले छुट्याएर मात्र विस्वास गर्नु पर्ने बताए । त्यसैगरि निर्वाचनका समयमा कसैलाई हानि हुने गरेर गरिएका प्रचार प्रसार तथा गलत सूचना र घृणास्पद अभिव्यक्तिहरुकाे निगरानीका यसपटकको चुनावमा सामाजिक संजाल निगरानी गर्ने व्यवस्थाकाे तयारी गरिरहेकाे जानकारी दिदै अाचार्य भने त्यस्ता खालका सुचना प्रवाह गर्ने उपर उजुरी तथा कारबाहीकाे व्यवस्था समेत गरिने बताएका छन् । त्यसैगरि सामाजिक संजालमा अाएका सुचना सबै सहि नहुनपनि सक्ने भएकाे हुदा कुनैपनि सुचना सहि हाे भन्ने अाधार नभेटिए सम्म त्यस्ताे सुचनालाइ लाइक, कमेन्ट तथा सियर नगर्न युवाहरुलाइ उपसचिव अर्यालले अाग्रह गरे ।
कार्यक्रममा याैनिक तथा लैङ्गिक अल्पसंख्यककाे तर्फबाट ब्लु डाइमन साेसाइटीकी सिमरन सेरचन, अपांगता भएका व्यक्तिहरुबाट सरिता लामिछाने , विद्यार्थी नेताकाे तर्फबाट अनेरास्ववियुकि अारति लामा र अायाेनमा अावद्व युवाहरुले अा- अाफ्नाे अनुभव तथा समस्याहरु राखेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस