बैंकिङ कसुरमा ४० लाख जरीवाना भएका श्रेष्ठ पक्राउ
रामेछाप – उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया सहित १० दिन कैद सजाय ताेकिएका तोरण बाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको सुनापती गाउपालीका ५ घर भएका ४४ वर्षीय श्रेष्ठ हाल काठमाण्डौ बस्दै अाएका थिए ।
श्रेष्ठ मंगलबार काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । उक्त फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस