बैंकिङ कसुरमा ४० लाख जरीवाना भएका श्रेष्ठ पक्राउ
रामेछाप – उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया सहित १० दिन कैद सजाय ताेकिएका तोरण बाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको सुनापती गाउपालीका ५ घर भएका ४४ वर्षीय श्रेष्ठ हाल काठमाण्डौ बस्दै अाएका थिए ।
श्रेष्ठ मंगलबार काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । उक्त फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई सम्मानित रामेछाप जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस