भुमि अायाेगले ताेक्याे २८ जिल्लामा अध्यक्ष
काठमाडौ – देउवा सरकारले दलीय भागवण्डाको आधारमा सरकारले २८ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष तोकेको छ । सत्तारुढ दलका जिल्ला नेताहरुलाई आयोगको अध्यक्ष बनाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव अनुसार २८ जिल्लाका अध्यक्ष
मन्त्रिपरिषद बैठकबाट पारित गराएर छ । २८ जिल्लाका अध्यक्षलाई शुक्रबार नियुक्तिपत्र प्रदान गरेकाे छ । थमाइएको छ।
भूमिहिन, दलित,सुकुम्वासीलाई जग्गा वितरण गर्ने कार्यादेश सहित ओली सरकारले २०७६ को चैतमा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । उक्त आयोग गत साउनमा खारेज गरी भदौमा नयाँ नियुक्ति दिइएको थियो।
अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको ४ महिना पश्चात् २८ जिल्लाका अध्यक्ष तोकिएको छ। दलीय भागवण्डा नमिल्दा आयोगले सबै जिल्लामा अध्यक्ष तोक्न भने सकेको छैन । केन्द्रमा ९ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ भने जिल्ला तहमा भने ८ सदस्यीय कार्यसमिति हुने व्यवस्था रहेकाे छ ।
उक्त आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई
स्थानीय तह तथा नापी कार्यालयको समन्वयमा एकपटक जग्गा वितरण गर्ने क्षेत्राधिकार रहेकाे छ।
शुक्रबार नियुक्ति पाएका जिल्ला अध्यक्षहरुः
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री
ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई
उदयपुर– बलबहादुर तामाङ
काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ – रामचन्द्र अधिकारी
कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा
डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
राष्ट्रिय भूमि आयोगको अध्यक्षमा केशव निरौला बनेका नियुक्त भएका थिए। कांग्रेसबाट निरौला अध्यक्ष बनेका थिए भने माओवादीको भागमा उपाध्यक्ष परेको थियो। आयोगको उपाध्यक्षमा नहेन्द्र खड्काले नियुक्ति पाएका थिए। केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई खारेज गरी वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग बनाएको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस