• काेसिस न्यूज
  • रामेछाप नगरपालिकाकाे दशौँ नगर सभामा २३ कर्मचारी सम्मानित


    रामेछाप – रामेछाप नगरपालिकाको विभिन्न शाखामा कार्यरत २३ जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाले दशाै नगर सभाकाे अवसर परेर पालिकाकाे विभिन्न क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारी सम्मान गरेकाे हाे ।

    रामेछाप नगरपालिकाको बुधवार सम्पन्न दशौँ नगर सभाबाट विभिन्न क्षेत्र तथा तहमा कार्यरत २३ जना कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगदे, योजना अनुगमन तथा प्रशासन शाखाका शाखा प्रमुख होम बहादुर थापा, आर्थिक प्रशास शाखाका प्रमुख मदन सुवेदी र स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की रहेका छन् ।

    त्यसैगरि पशुपंछी विकास उपशाखाका काजी शेर्पा, राजस्व उद्योग, वाणिज्य तथा सहकारी उपशाखाका हरिभगत श्रेष्ठ, प्रशासन उपशाखाका नारायण सुवेदी, कृषि विकास उपशाखाका कृष्ण बहादुर भुजेल, भूमी व्यवस्थापन, वस्ती विकास तथा भवन नियमन उपशाखका प्रविण गिरी, कानून न्याय तथा मानव अधिकारी प्रवर्द्धन शाखाका कानूनी सल्लाहाकार लोकहरी दाहाल सम्मानित भएका छन्।

    यसैगरि सडक तथा अन्य पूर्वाधार विकास उपशाखाका कुशुम भट्टराई, सूचना प्रविधि उपशाखाका दिपक कुमार श्रेष्ठ, नगर प्रमुखका सचिवालयका सोकिय सचिव लक्ष्मण श्रेष्ठ, रामपूर स्वास्थ्य चौकीका सि.अ.ह.व. कृष्ण बहादुर तामाङ, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देवश्री त्रिपाठी, आर्थिक प्रशासन योजना शाखाका कम्प्युटर अप्रेरटर नारायण कुमार कार्की, प्रशासन शाखा जिन्सी इकाइका घनामाया श्रेष्ठ, महिला विकास उपशाखाका विमला शर्मा सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुनेमा वडा नं २ र ३ का वडा सचिव सागरबाबु पुलामी, स्काइभेटर अपरेटर निम बहादुर तामाङ, कार्यालय सहयोगी गुणराज तामाङ र लक्ष्मी कसाई रहेका छन् ।

    पालिकाकाे विभिन्न क्षेत्रमा रहेर सफलता पुर्वक उत्कृष्ट तवरले काम गरेर नगरको सेवा प्रवहामा महत्वपूर्ण योगदान पुर्‍याएकाे भन्दै सम्मान गरिएकाे नगर प्रमुख नर बहादुर थापामगरले बताएका छन् । सम्मानित सबैलाई नगर प्रमुख नरबहादुर थापामगर र उपप्रमुख सिर्जना खड्काले सम्मान पत्र सहित दाेसल्ला अाढाएर सम्मान गरिएको थियाे


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस