रामेछाप जेसिजकाे अध्यक्षमा सापकोटा
रामेछाप -रामेछाप जेसिजकाे ७ अाै जिल्ला अधिबेशनबाट रामहरी सापकोटा निर्विरोध निर्वार्चित भएका छन् । शानिबार मन्थलीमा भएकाे अधिबेशनबाट सापकोटा निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनबाट अध्यक्ष सापकोटा सहित कार्यकारी उपाध्यक्षमा २ र उपाध्यक्षमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने कार्यकारी उपाध्यक्ष २ मा ज्ञानु श्रेष्ठ र सन्ताेष खत्री रहेका छन् भने उपाध्यक्ष ४ मा विपिन दाहाल, शैलजा ढुङ्गेल, नारायण थापा र विनाेद राेक्का रहेका छन् ।
यसैगरि नव निर्वाचित अध्यक्ष सापकोटाले अन्य पदहरुमा समेत मनाेनित गरेका छन् । जस्मा कानुनी सल्लाहकारमा सरस्वती राय, महासचिवमा विमल पाैडेल र काेषाध्यक्षमा प्रज्वल बुढाथोकी रहेका छन् ।
त्यस्तै सहसचिवमा सन्ताेष भट्टराई ,जनसम्पर्क अधिकारीमा भरत श्रेष्ठ ,तालिम निर्देशक सुमन खड्का र थिम डाइरेक्टरमा राजन कार्की रहेका छन् ।
अधिबेशन रामेछाप जेसिज २०२१ का अध्यक्ष जीवन कार्कीकाे अध्यक्षतामा भएकाे थियाे भने निवर्तमान अध्यक्ष गाेपाल खड्का, पुर्व अध्यक्ष भिमशेन बस्नेत, प्रदिप बस्नेत , गुणराज भट्टराई (अाकाश) ,राजकुमार केसि , महेन्द्रनगर जेसिज २०२१ का अध्यक्ष हरिस भट्ट लगाएत जेसिज रामेछापका ५७ जना सदस्यहरुकाे उपस्थितिमा सम्पन्न भएकाे हाे रामेछाप जेसिजका पुर्व अध्यक्ष प्रदिप बस्नेतले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस