बिहिबार देखि पालिकामा मतदाता नामावली संकलन गरिने
रामेछाप – फोटो सहितको नामावली संकलनका लागि रामेछापमा २ चरणमा पालिकास्तरमा टोली परिचालन हुने भएको छ । बिहिबार देखि पहिलो चरण र मंसिर २९ गते देखि दोश्रो चरणमा पालिकास्तरमा नामावली संकलन गर्ने कार्यक्रम जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको हो । पहिलो चरणमा रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउपालिका र खाँडादेवि गाउँपालिकामा बिहिबार देखि मंसिर २६ गते सम्म मतदाता नामावली संकलन टोली परिचालन हुने छ । दोश्रो चरणमा सुनापति , गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिकामा मतदाता नामावली संकलन गर्ने तयारी जिल्ला निर्वाचन कार्यालयको छ । मन्थली नगरपालिका भित्रको नामावलीका लागि भने जिल्ला निर्वाचन कार्यालयमै नाम समावेश गर्ने कार्यालयको तयारी छ । निमित्त जिल्ला निर्वाचन अधिकारी गणेश थापाका अनुसार पालिकामा पुगेको टोलीले नागरीकता प्रमाण पत्र प्राप्त गरेका तर मतदाता नामावलीमा नाम नलेखाएका सवैको नामावली संकलन गर्नेछ । विवरण सच्याउने, फरक ठेगानाबाट बसोवास रहेको स्थानमा नामावली सार्ने र फरक पालिकाका व्यक्तिको नाम संकलन भने पालिकामा पुगेको टोलीले गर्दैन । त्यसका लागि जिल्ला निर्वाचन कार्यालयमानै पुग्नु पर्ने व्यवस्था मिलाइएको छ । यो पटक जुन जिल्लाको नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम …
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस