फरार अभियुक्त १२ वर्ष पछि पक्राउ
निजुका खड्का ।
रामेछाप -जिल्ला प्रहरी कार्यलय रामेछापले ज्यान मार्ने मुद्दामा १२ वर्षदेखि फरार रहेका अभियुक्तलाइ पक्राउ गरेकाे छ । खाँडादेवी गाँउपालिका १ पिपलबोट घरभएका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका अन्दाजी ६५ वर्षीय ज्ञानबहादुर तामाङ र ४७ वर्षीय जयराम तामाङ्लाई प्रहरीले छुट्टा-छुटै स्थानबाट पक्राउ परेका हुन । उनीहरु मध्ये एक जना शुक्रबार र अर्को शनिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
काभ्रेको तेमाल गाउँपालिका ९ बस्ने २९ वर्षीय निखिल भन्ने तिर्थमान दोङ (तामाङ) धारीलो हतियार प्रहार गरेर निर्मम तरिकाले हत्या गरेका अाराेपमा उनीहरु बिरुद्ध २०६६ साल असोज १८ गते काभ्रेको साविकको मेच्छेपौवा गाविस वडा नं ९ हाल तेमाल गाउपालिका ९ बस्ने पृथीमान दोङले जाहेरी दिएका थिए ।
पक्राउ परेका अभियुक्त ज्ञानबहादुर तामाङलाई राकाथुमबाट र जयराम तामाङ्लाई काभ्रे प्रहरीको सहयोगमा धुलिखेलबाट पक्राउ गरि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रामेछाप राखेर थप अनुसन्धान थालिएकाे प्रहरी नायव उपरीक्षक ढुङ्गानाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस