जबर्जस्ती करणीकाे अाराेपमा विक पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले
६१ बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे अाराेपमा कृष्ण विकलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमकी ६१ बर्षिय वृद्ध महिलालाई घरमा काेहि नभएकाे माैका पारी कात्तिक १६ गते जबरजस्ती करणी गरेको अाराेपमा रुपन्देहीको सूर्यपूरा गाउँपालिका–८ स्थायी घर भई राकाथुम स्थित एक कृषि फर्ममा काम गर्ने कृष्ण विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले कात्तिक १७ गते पक्राउ गरेको हो ।
जबरजस्ती करणी पछि पीडित महिलाको अत्याधिक रक्तश्राप भएपछि उपचारको लागि काठमाडौंको लगिएको थियाे । उपचारका क्रममा डाक्टरले उच्च रक्तश्रावहुनुकाे कारण बुझ्दा पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी थिइन । पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबरजस्ती करणीमा संलग्न विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हाे ।
पक्राउ परेका विकले आफूले ती महिलामाथि जबरजस्ती करणी गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिएका छन् । पीडित महिलाले दिएककाे सूचनाको आधारमा घटनामा संलग्न विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको ढुङ्गानाले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस