मन्थलीकाे मासुपसल अनुगमन

रामेछाप -मन्थली नगरपालिकाद्वारा अाज मन्थली बजारका विभिन्न मासुपसल अनुगमन गरेकाे छ । चाडपर्वकाे बेलामा उपभोक्ताले मासुकाे उपभाेग धेरै गर्ने हुदा उपभोक्ताकाे स्वास्थ्यलाई ध्यानमा राखेर नगरले अाइतबार मासुपसलकाे अनुगमन गरेकाे हाे ।
नगरकी उपप्रमुख माया कार्कीकाे नेतृत्वमा बजार अनुगमन गर्दा मासुपसलहरुमा गलत हतियार प्रयाेग , सरसफाइमा कमी, अव्यवस्थित मासु भण्डारण , मूल्य सुचिकाे अभाव , मुल्यमा अनेकता रहेकाे पाइएको छ ।
बजार अनुगमनका क्रममा कतिपय मासुपसल बन्द गरिएकाे अवस्था भेटिएकाले ती पसलहरुमा समस्या हुन सक्ने भएपनि यस पटककाे अनुगमनमा विगतकाे तुलनामा कम त्रुटि फेला परेकाे मन्थली नगरपालिकाका पशु विकास शाखाका प्रमुख मुकुन्द खड्काले जानकारी दिए ।
जस मध्ये अाइतबार मात्र मन्थली १ काे सुकाजाेर खाेलाकाे कजवेय देखि बसपार्क सम्मका १५ वटा मासु पसलकाे अनुगमन गरिएकाे थियाे । अनुगमनका क्रममा देखिएका कमिकमजाेरीलाइ एक महिना भित्र सच्याएर उपभोक्ताकाे हितमा गम्भीर हुन सुझाव दिएकाे प्रमुख खड्काले जानकारी दिएका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस