५ देखि १२ वर्ष मुनिका बालबालिकालाई काेराेना विरुद्धको खाेप लगाइदै
काठमाडौ – आजबाट विभिन्न २७ जिल्लामा ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइदै छ ।
देशभरका विभिन्न २७ जिल्लाहरुमा बालबालिकाका लागि काेराेना विरुद्धकाे दाेस्राे मात्र खाेप अाजबाट ८ गतेसम्म लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन लागेको छ ।
दोस्रो मात्रा खाेप लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य बाेकेर जान मन्त्रालयले आग्रह गरेको छ । खाेप नजिकैकाे विद्यालयमा रहेकाे विद्यालयमा दिइने मन्त्रालयले जनाएकाे छ । २१ लाख बालबालिकाले पहिलो मात्र खाेप लगाइसकेका छन् ।
आजबाट खोपलगाउने जिल्लाहरुमा प्रदेश १ काे झापा, इलाम, मोरङर सुनसरीमा लगाइदै छ । त्यसैगरि मधेस प्रदेशका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा ,सिरहा र महोत्तरीमा लगाइदैछ ।
बागमती प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा लगाइदैछ । गण्डकी प्रदेशका , कास्की र नवलपरासी पूर्वमा लगाइदै छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दियामा लगाइदैछ । कर्णाली प्रदेशकाे , सुर्खेतमा र सुदुरपश्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लामा लगाइने मन्त्रालयले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाज, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस