५ देखि १२ वर्ष मुनिका बालबालिकालाई काेराेना विरुद्धको खाेप लगाइदै
काठमाडौ – आजबाट विभिन्न २७ जिल्लामा ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाइदै छ ।
देशभरका विभिन्न २७ जिल्लाहरुमा बालबालिकाका लागि काेराेना विरुद्धकाे दाेस्राे मात्र खाेप अाजबाट ८ गतेसम्म लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन लागेको छ ।
दोस्रो मात्रा खाेप लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य बाेकेर जान मन्त्रालयले आग्रह गरेको छ । खाेप नजिकैकाे विद्यालयमा रहेकाे विद्यालयमा दिइने मन्त्रालयले जनाएकाे छ । २१ लाख बालबालिकाले पहिलो मात्र खाेप लगाइसकेका छन् ।
आजबाट खोपलगाउने जिल्लाहरुमा प्रदेश १ काे झापा, इलाम, मोरङर सुनसरीमा लगाइदै छ । त्यसैगरि मधेस प्रदेशका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा ,सिरहा र महोत्तरीमा लगाइदैछ ।
बागमती प्रदेश अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा लगाइदैछ । गण्डकी प्रदेशका , कास्की र नवलपरासी पूर्वमा लगाइदै छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दियामा लगाइदैछ । कर्णाली प्रदेशकाे , सुर्खेतमा र सुदुरपश्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लामा लगाइने मन्त्रालयले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाज, स्वास्थ्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस