कान्छारामले गरे यस्ताे उद्घाेष : पत्रकारकाे उपचारमा ५०% छुट्
रामेछापमा कार्यरत पत्रकारलाई उपचार खर्चमा ५०% छुट
नेपाली कांग्रेस रामेछापका सभापति तथा निवर्तमान उर्जा राज्यमन्त्री पुर्ण बहादुर तामाङ ( कान्छाराम) ले रामेछाप जिल्लामा क्रियाशील पत्रकारकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराउदा उपचार खर्चमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउने उद्घाेष गरेका छन्।
निवर्तमान उर्जा राज्यमन्त्री तामाङ्ले साेमबार मन्थलीमा पत्रकार भेटघाटका क्रममा रामेछापमा क्रियाशील पत्रकारहरुकाे उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचार खर्चमा ५० प्रतिशत छुटकाे व्यवस्था मिलाउने बताए हुन । उनले यस अघि रामेछापकाे कुनैपनि नागरिकले उक्त अस्पतालमा उपचार गराउदा लाग्ने खर्चकाे २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएका थिए ।
तामाङले पत्रकार भेटघाटकै क्रममा रामेछापका कुनैपनि नागरिक उपचार गर्नै नसक्ने अवस्थाकाे भए त्यस्ता विरामीलाई निशुल्क उपचार समेत गराउने वयवस्था मिलाउने बताए ।
उनले आफुले रामेछापकाे विकासमा कुनैपनि कसुर बाकी नराख्ने र राजनिती दलकाे आस्थाकाे आधारमा कुनैपनि नागरिकलाई विभेद पनि नगर्ने प्रष्ट पारे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस