कान्छारामले गरे यस्ताे उद्घाेष : पत्रकारकाे उपचारमा ५०% छुट्
रामेछापमा कार्यरत पत्रकारलाई उपचार खर्चमा ५०% छुट
नेपाली कांग्रेस रामेछापका सभापति तथा निवर्तमान उर्जा राज्यमन्त्री पुर्ण बहादुर तामाङ ( कान्छाराम) ले रामेछाप जिल्लामा क्रियाशील पत्रकारकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराउदा उपचार खर्चमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउने उद्घाेष गरेका छन्।
निवर्तमान उर्जा राज्यमन्त्री तामाङ्ले साेमबार मन्थलीमा पत्रकार भेटघाटका क्रममा रामेछापमा क्रियाशील पत्रकारहरुकाे उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचार खर्चमा ५० प्रतिशत छुटकाे व्यवस्था मिलाउने बताए हुन । उनले यस अघि रामेछापकाे कुनैपनि नागरिकले उक्त अस्पतालमा उपचार गराउदा लाग्ने खर्चकाे २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएका थिए ।
तामाङले पत्रकार भेटघाटकै क्रममा रामेछापका कुनैपनि नागरिक उपचार गर्नै नसक्ने अवस्थाकाे भए त्यस्ता विरामीलाई निशुल्क उपचार समेत गराउने वयवस्था मिलाउने बताए ।
उनले आफुले रामेछापकाे विकासमा कुनैपनि कसुर बाकी नराख्ने र राजनिती दलकाे आस्थाकाे आधारमा कुनैपनि नागरिकलाई विभेद पनि नगर्ने प्रष्ट पारे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस