महिला सामुदायिक स्वास्थ्य स्वयमसेवी दिवसमा गुन्सीले गर्याे स्वयमसेवीकाे सम्मान
रामेछाप – सुनापति गाउँपालिका–१ गुन्सीले २२ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महिला स्वास्थ्य स्वयमसेवीकालाई सम्मान गरेकाे छ ।
शुक्रबार सुनापति १ गुन्सीले दिवसका अवसरमा विशेष कार्यक्रमकाे आयाेजना गरेर वडामा रहेका १६ महिला स्वास्थ्य स्वयमसेवीहरुलाई सम्मान गरेकाे हाे । उक्त कार्यक्रममा स्वयंसेविकाहरूलाई दोसल्ला ओढाएर प्रसंसापत्र सहित सम्मान गरिएको छ । लामाे समयदेखि स्वयंसेविकाहरूले स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्दै स्वयससेवामा थप उर्जाका साथ अघि बढ्न प्रेरणा मिलाेस भन्ने हेतुले वडाले झोला,डायरी, कलम र छाता जस्ता अत्यावश्यक सामाग्री समेत प्रदान गरेकाे छ ।
सम्मान ग्रहण गर्दै मार्मिन तितुङ्गले आफुले गरेकाे कर्मकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरेकाे खुसी व्यक्त गर्दै वडालाई धन्यवाद व्यक्त गरिन् । त्यसैगरी पछिल्लो समय स्वयमसेवाकाे काम कम हुने गरेकाे पाईएकाे बताउदै उनले स्वयससेवामा लाग्नेहरुलाई गरिने सम्मानले स्वयमसेवा गर्ने आफुहरु जस्तालाई थप उर्जा र प्रेरणा मिलेकाे बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी पालिका उपाध्यक्ष गिता बिष्टले समुदायमा स्वास्थ्य सेवा विस्तार, नियमित स्वास्थ्य परामर्श, गर्भवती तथा सुत्केरी महिलाहरुको हेरचाह,खोप अभियान तथा स्वास्थ्य सचेतनामूलक गतिविधिमा स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गरेकी थिइन् ।त्यस्तै सम्मान कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा स्वयंसेविकाको योगदानलाई अझ प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरिन् ।
कार्यक्रममा सुनापति १ गुन्सीका वडा अध्यक्ष ध्रुव चाैलागाईले स्वयमसेवामा लाग्नेहरु प्रति उच्च सम्मान व्यक्त गर्दै यसरी नै अन्य क्षेत्रमा स्वयमसेवा गरेर समाजमा सकारात्मक भूमिका खेल्ने सबै स्वयमसेवकहरुलाई शुभकामना व्यक्त गरे ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस