स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा

अहिले मन्त्रीपरिषद् विस्तारको तयारी भइरहेकाे छ । खालि मन्त्रलयहरुका लागि मन्त्री बनाउन उपयुक्त व्यक्तिकाे खाेजी समेत भईरहेकाे छ । त्यसै क्रममा स्वास्थ्य मन्त्रालयका लागि बाल रोग विशेषज्ञ डा. किशोर खत्रीको नाम सर्वाधिक चर्चामा आएको छ ।
बाल राेग विशेषज्ञ डाक्टर खत्री एक दक्ष , काविल र अनुभवी चिकित्सकका रुपमा चिनिएका छन् । उनकाे नाम यतिबेला स्वास्थ्य मन्त्रीका लागि चर्चामा आएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि परिणाममुखी नेतृत्व आवश्यक भएको बताउँदै विज्ञ र विश्लेषकहरूले डा. खत्रीलाई योग्य उम्मेदवार भएको टिप्पणी गरेका छन्। उनी लामो समयदेखि बाल स्वास्थ्य सेवा तथा सामाजिक सेवामा सक्रिय छन्।
जनतासँग नजिक र व्यवहारिक दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा परिचित डा. खत्रीले स्वास्थ्य सेवामा सुधार ल्याउन सक्ने क्षमता भएको र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा सुनिश्चित गर्न सक्ने व्यक्तित्वका रूपमा रहेकाे विश्लेषकहरु बताउछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- २ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ३ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ४ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ५ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ६ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ७ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
- ८ राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण
प्रतिक्रिया दिनुहोस