स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
अहिले मन्त्रीपरिषद् विस्तारको तयारी भइरहेकाे छ । खालि मन्त्रलयहरुका लागि मन्त्री बनाउन उपयुक्त व्यक्तिकाे खाेजी समेत भईरहेकाे छ । त्यसै क्रममा स्वास्थ्य मन्त्रालयका लागि बाल रोग विशेषज्ञ डा. किशोर खत्रीको नाम सर्वाधिक चर्चामा आएको छ ।
बाल राेग विशेषज्ञ डाक्टर खत्री एक दक्ष , काविल र अनुभवी चिकित्सकका रुपमा चिनिएका छन् । उनकाे नाम यतिबेला स्वास्थ्य मन्त्रीका लागि चर्चामा आएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि परिणाममुखी नेतृत्व आवश्यक भएको बताउँदै विज्ञ र विश्लेषकहरूले डा. खत्रीलाई योग्य उम्मेदवार भएको टिप्पणी गरेका छन्। उनी लामो समयदेखि बाल स्वास्थ्य सेवा तथा सामाजिक सेवामा सक्रिय छन्।
जनतासँग नजिक र व्यवहारिक दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा परिचित डा. खत्रीले स्वास्थ्य सेवामा सुधार ल्याउन सक्ने क्षमता भएको र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा सुनिश्चित गर्न सक्ने व्यक्तित्वका रूपमा रहेकाे विश्लेषकहरु बताउछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस