निःशुल्क आयुर्वेदिक उपचार शिविरमा सुनापतिका २ सयले जनाले दिए स्वास्थ्य सेवा
रामेछाप- सुनापति गाउँपालिकासँगको सहकार्यमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेविमा एक दिने निःशुल्क स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ ।
गाउँपालिकाको अस्पतालमा भएको शिविरमा करिब २ सय जना बिरामीले स्वास्थ्य सेवा लिनुभएको छ । शिविर शुभारम्भ कार्यक्रम गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ,प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष कुलबहादुर थिङ लगायत जनप्रतिनिधि, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्की लगायतका सहभागिता थियो ।
शिविरमा आयुर्वेदिक चिकित्सक डा.अच्युत रिमालको टोलीले उपचार सेवा दिएको थियो । शिविरमा बिरामी जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा ग्यास्ट्रिक लगायतको पटेको पुरानो रोग, बाथ, हाड जोर्नीको दुखाई, पोल्ने, शरीर झमझमाउने, पुरानो खोकी लगाएका रोगका बिरामीहरू बढी आएका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
शिविर शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले गाउँमा आएर सेवा प्रवाह गरेकोमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीलाई धन्यवाद दिनुभयो । यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नु पनि उहाँले सुझाव दिनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस