कक्षा १२ काे परिक्षाफल प्रकाशित
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बोर्ड बैठकपछि नतिजा प्रकाशन गरेको हो ।
बाेर्डले सार्वजनिक गरेकाे नतिजा हेर्न माेवाइलमा १६०१ डायल गरेकाे निर्देशन अनुसार सिम्बाेल नम्बर थिचेर सुन्न सकिने छ । भने माेइलमा NEB टाइप गरि सिम्बाेल राखेर १६०१ मा एसएमएस गरेर पनि नतसजा हेर्न सहिने बाेर्डले जनाएकाे छ । त्यसैगरि बाेर्डकाे अनलाइन साइटबाट पनि हेर्न सकिने व्यवस्था गरिएकाे छ । अनलाइनबाट नतिजा हेर्नका लागि https://neb.ntc.net.np/ गएर हेर्न सकिनेछ ।
बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २९२ परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परिक्षा दिएका थिए ।
क्याटेगोरी : शिक्षा, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस