कक्षा १२ काे परिक्षाफल प्रकाशित
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बोर्ड बैठकपछि नतिजा प्रकाशन गरेको हो ।
बाेर्डले सार्वजनिक गरेकाे नतिजा हेर्न माेवाइलमा १६०१ डायल गरेकाे निर्देशन अनुसार सिम्बाेल नम्बर थिचेर सुन्न सकिने छ । भने माेइलमा NEB टाइप गरि सिम्बाेल राखेर १६०१ मा एसएमएस गरेर पनि नतसजा हेर्न सहिने बाेर्डले जनाएकाे छ । त्यसैगरि बाेर्डकाे अनलाइन साइटबाट पनि हेर्न सकिने व्यवस्था गरिएकाे छ । अनलाइनबाट नतिजा हेर्नका लागि https://neb.ntc.net.np/ गएर हेर्न सकिनेछ ।
बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २९२ परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परिक्षा दिएका थिए ।
क्याटेगोरी : शिक्षा, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस