राति १० बजेपछि देउसी खेल्न नपाइने
रामेछाप – तिहार पर्वका अवसरमा खेलिने देउसी भैलाे रामेछाप जिल्लामा राति १० बजेपछि खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापकाले राति १० बजेपछी देउसी भैंलाे खेल्न राेक लगाएकाे हाे ।
प्रशासनले तिहारलाई शान्तिपूर्ण रुपमा मनाउनका लागि मदिरा सेवन नगरी सभ्य ढङ्गले देउसी–भैंलो खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार पर्वको अवसरमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले शान्तिसुरक्षा विशेष ध्यान दिइएको बताए ।
“संस्कृति र परम्पराको जगेर्ना गर्दै चाडपर्व मनाउँदा शान्ति–सुरक्षामा कुनै असर नपरोस् भन्ने हाम्रो चाहना हो,” थापाले भने, “राति १० बजेपछि देउसी खेल्न नपाइने व्यवस्था त्यही सावधानीका लागि गरिएको हो।”
नेपालमा विशेष पर्वका रूपमा मनाइने तिहारमा लक्ष्मी पूजादेखि भाइटीकासम्म विभिन्न संघ–संस्था, समूह तथा क्लबहरूले देउसी–भैंलो खेल्दै सामाजिक सन्देश प्रवाह गर्ने गर्छन्।
प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी आवश्यक तयारी पूरा गरिएको जनाएको छ। साथै, कुनै पनि शंकास्पद वा अप्रिय घटना देखिएमा नजिकको प्रहरी कार्यालयलाई तुरुन्त जानकारी दिन सबै नागरिकलाई अनुरोध गरिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस