मन्थलीमा भएकाे गाडी दुर्घटनामा श्रीमतीकाे मृत्युु , श्रीमान घाइते
रामेछाप– मन्थलीमा स्कारपियाे गाडी दुर्घटना हुदा श्रीमतीकाे घटना स्थलमै मृत्यु भएकाे छ भने श्रीमान घाइते भएका छन् ।
आइतबार बिहान मन्थलीबाट हेटौंडा जान हिडेकाे BAC ९४६३ नम्बरको स्कारपियाे मन्थली ,खुर्काेट सडक खण्डकाे बाेक्सेकाे पहिराेमा दुर्घटना भएकाे हाे ।
स्कारपियाेमा सवार मन्थली नगरपालिका ११ गेलुका अन्दाजी ४० वर्षिय श्रीमती राधा चाैहानकाे घटना स्थलमा नै मृत्यु भएकाे छ भने अन्दाजी ४२ वर्षिय श्रीमान उत्तम चाैहान समान्य घाइते भएका छन् । गाडी उत्तम चाैहान आफैले चलाएका थिए।
दुर्घटनामा घाइते भएका चाैहानकाे मन्थली सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला भट्टले जानकारी दिए ।
श्रीमतीकाे शव घटना स्थलबाट उद्दार गरि पाेस्टमार्टमका लागि मन्थली अस्पताल लगिएकाे छ । दुर्घटना कारण भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस