बलात्कार आरोपमा रास्वपाका गाउँ सभापति पक्राउ
सोलुखुम्बु – राष्ट्रिय स्वतन्त्र पार्टी लिखुपिके गाउँपालिकाका साेलुखुम्बुका सभापति बलात्कार आरोपमा पक्राउ परेका छन् । सभापति रामचन्द्र बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो।
बलात्कारको आरोप लागेका कस्नेत लिखुपिके २ का बासिन्दा हुन । उक्त आराेप लागेदेखि उनी फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले सोमबार काठमाडौबाट पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप लागेकाे छ।
उक्त घटना २०८१ साल साउन ६ गतेकाे भएकाे र त्यसपछि उनी फरार रहेका थिए ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस