रामेछापमा ससुराद्वारा बुहारीकाे हत्या
रामेछाप- मन्थली नगरपालिका–१२ गेलुमा एक ससुराले धारिलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् ।
मन्थली १२ सिक्राल घरमा बस्दै आएकाे छाेरा लिन आएकी बुहारीलाई ६१ बर्षिय ससुरा शम्भु बुढाथोकीले धारिलो हतियार प्रहार गरेर बुहारीकाे हत्या गरेका छन् । शुक्रबार दिउसाे आफ्नै घरमा आएकी बुहारी अन्दाजी वर्ष २८ की पवित्रा बुढाथोकीलाई ससुरा शम्भु बुढाथोकीले खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
बुढाथोकीका बुहारी काठमाडौमा बस्दै आएकी थिइन । यता घरमा ससुरासँग बसिरहेकाे छाेरालाई आफुसँग काठमाडौ लैजान भनी उनी घरमा आएकी थिइन् । ससुराले उनकाे छाेरा आफुसँग पठाउन नमाने पछि विवादकाे भएकाे थियाे ।
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राकाे श्रीमान खम्बबहादुर बुढाथोकीले गएकाे साउनमा आत्महत्या गरेका थिए ।
क्याटेगोरी : अपराध, समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस