दलित महिला वडा सदस्यका लागि कानुनी साक्षरता तालिम
रामेछाप – मन्थली नगरपालिकाका सबै वडाका दलित महिला सदस्य र नगरकार्यपालिकामा दलित समुदायबाट प्रतिनिधित्व गरेकाहरुका लागि क्षमता विकास तथा कानुनी सचेतना तालिम प्रदान गरिएकाे छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापकाे आयाेजना नगरकार्यपालिकामा प्रतिनिधित्व गर्ने र वडामा निर्वाचित सबै वडाका दलित महिला जनप्रतिनिधिलाई दुई दिने क्षमता विकास तथा कानुनी सचेतना सम्बन्धि तालिम दिइएकाे छ ।
समुदायमा पछाडि पारिएकाे वर्गकाे नेतृत्व गराउने हेतुले संविधानमै अनिवार्य गरिएकाे दलित महिलाकाे प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधि दलित महिला वडा सदस्यहरुलाई कानुनी अधिकार र क्षमताकाे विकास गराउने उद्देश्यले उक्त तालिम संचालन गरिएकाे आयाेजक संस्थाका अध्यक्ष नवराज विकले जानकारी दिए ।
तालिममा सरकारी वकिल विनिता कपाली र मन्थली नगरपालिकाका कानुनी सल्लाहकार मधुसुदन रायले सहजिकरण गरेकाे थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस