महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
रामेछाप – रामेछापको लिखुतामाकोसी गाउँपालिका वडा ५ नागदहमा महिलाहरुका लागि क्षमता अभिवृद्धि , महिला सशक्तीकरण तथा सचेतना कार्यक्रम गरिएकाे छ ।
महिलाहरुकाे क्षमतामा विकास गर्ने र सचेताकाे अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रममा वडाका ६० जना महिलाहरुकाे सहभागी रहेकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष राेम बहादुर तामाङले गाउँमा बसेर खेति गरिरहेका महिलाहरुलाई उत्पादनसँग जाड्ने र आयाआर्जनकाे स्राेत विस्तार गर्ने प्रयास गरिरहेका बताए ।
उनले गाउँमा उत्पादन कम र आयातित सामानकाे उपभाेक धेरै हुन लागेकाे भन्दै सीप मुलक तालिम लिएकाहरुले पनि तालिम पछि सीप अनुसारकाे पेसा गर्ने नगरेकाे पाइएकाे गुनासाे गरे ।
त्यसैगरी कार्यक्रममा महिला हिंसा, घरेलु हिंसा , कानुनी उपचारका विषयमा पत्रकार ज्ञानु श्रेष्ठले जानकारी दिएकी छन् भने साेही वडाका सचिव उमेश बहादुर बढुवालले वडामा दर्ता गरिने व्यक्तिगत घटना दर्ता सम्बन्धि जानकारी दिदै ,घटना दर्ता समयमै गर्नुकाे महत्त्व माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाे बताए । आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुमा पुरुषकाे पनि सहभागीता गराउन सके हिंसा कम गर्न सहयोग पुग्ने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस