अन्तरजातीय विवाह गरेका पवनको अपिल,परिवारसँग पुनर्मिलनका लागि पहल गरियोस
रामेछाप – १९ औं जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको अवसरमा पत्रकार रामचन्द्र वि.क. र प्रतिभा बाेहाेराकाे जाेडी सहित अन्तररजातिय विवाह गर्ने १३ जोडी सम्मानित भएका छन् । दिवसका अवसरका राष्ट्रिय दलित पत्रकार संघद्धारा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान गरेको हो ।
समाजमा व्याप्त जातिय विभेद तथा छुवाछुतलाई निस्तेज गर्नका लागि अन्तरजातिय विवाह गरेर समाज सकारात्मक सन्देश दिन सहयोग गरेको भन्दै अन्तरजातिय विवाह गर्ने जोडीलाइ सम्मान गरेको हो ।
कार्यक्रममा विभिन्न समयमा विवाह गरेका हाल मन्थली नगरपालिका भित्र बसोबास गर्ने १३ जोडीलाइ २ हजार नगद सहिद सम्मानपत्रद्धारा सम्मान गरिएको छ । यसरी सम्मानित हुने जोडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा लगाएर सम्मान गरेका थिए ।
सम्मानित जोडीले पवन रसाइली र अनिता मगरले भने ” “हाम्रो सम्बन्ध अत्यन्त राम्रो छ ,हामी खुसी छौ । अनिताले भनिन् माइतीसँगकाे सम्बन्ध पुर्ण रुपमा टुटेकाे छ । विहेपछि आजसम्म पनि मेरो परिवारसँगको पुर्नमिलन हुन सकेन ।” आजको यहि कार्यक्रम मार्फत परिवारसँग पुनर्मिलनको पहल गर्न आग्रह गर्दछु ।”
त्यसैगरी अर्का जोडी रिता खड्काले भनिन् विवाह संस्कृति परम्परा अनुसार नै गरौ ,हामी खुसी नै छौ । त्यस्तै अर्का जोडीले भने अन्तरजातिय विवाह गर्दैमा गल्ती गरेको संझनु हुन्न ,समाजले नराम्रो भन्दैमा केही असर पर्दैन , सबैभन्दा ठुलो कुरात आफु खुसी हुनुपर्छ ।
मन्थली नगरपालिकाकाे आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापकाे समन्वयमा राष्ट्रिय दलित पत्रकार संघले आयाेजना गरेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस