रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
रामेछाप – खाँडादेवी गाउँपालिका ७ खाँडादेवीका पदमबहादुर तामाङले श्रीमतीकाे हत्या गरेका छन् भने छाेराछाेरी घाइते छन् ।
काठमाडौँको शंखरापुर नगरपालिका ९ सानागाउँमा बस्दै आएका तामाङले आइतबार राति करिब साढे ९ बजे श्रीमती माइती तामाकाे हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि तामाङ भने फरार भएका छन् ।
५८ वर्षीय पदमबहादुरले ४५ वर्षीया माइती तामाङसँग २ महिना अघि मात्रै विवाह गरेका थिए । मृतक माइती राति पूर्व पति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।
घाइते अवस्थामा भेटिएका ११ वर्षका छोरा र १० वर्षीया छोरीकाे भने काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस