रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
रामेछाप – खाँडादेवी गाउँपालिका ७ खाँडादेवीका पदमबहादुर तामाङले श्रीमतीकाे हत्या गरेका छन् भने छाेराछाेरी घाइते छन् ।
काठमाडौँको शंखरापुर नगरपालिका ९ सानागाउँमा बस्दै आएका तामाङले आइतबार राति करिब साढे ९ बजे श्रीमती माइती तामाकाे हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि तामाङ भने फरार भएका छन् ।
५८ वर्षीय पदमबहादुरले ४५ वर्षीया माइती तामाङसँग २ महिना अघि मात्रै विवाह गरेका थिए । मृतक माइती राति पूर्व पति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।
घाइते अवस्थामा भेटिएका ११ वर्षका छोरा र १० वर्षीया छोरीकाे भने काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस