प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
रामेछाप – नेपाल प्रेस युनियनका महासचिव दिलिप पाैडेलले प्रसंसाकारीताले पत्रकारिता नचल्ने बताएका छन् । शनिबार प्रेस युनियन रामेछापको साधारणसभामा बाेल्दै महासचिव पाैडेलले यस्ताे बताएका हुन ।
नेपाल प्रेस युनियन रामेछापको नवाैं साधारणसभालाई सम्बाेधन गर्दै युनियनका महासचिव पाैडेलले पछिल्लो समय पत्रकारहरु प्रसंसाकारितामा लागेकाे आराेप लगाएका छन् । उनले पत्रकारहरु खाेज पत्रकारिता भन्दा प्रसंसाकारिता तिर लम्केकाले पत्रकारिता क्षेत्रमा विकृति भित्रिएकाे दाबि गरे । पत्रकारहरु कुनै दाइ वा, भाइ रिसाउला , ऊ नेता वा अर्काे नेता रिसाउला भन्दै पत्रकारिता छाडेर प्रसंसाकारितामा लागेकाे भन्दै पत्रकारहरुलाई यसरी प्रसंंसाकारिता नलाग्न आग्रह गरेका छन् ।
महासचिव पाैडेलले भने “अधिकांश पत्रकारहरु समाचार लेख्न छाडे ,खाेज ,अनुसन्धान र अध्ययन गर्न छाडे त्यसकारण सामाजिक संजालमा अफवाह फैलाउनेहरुकाे हाबी हुँदै गयाे र पत्रकारीता प्रति समाजमा नकारात्मक भाष्य सिर्जना हुन पुग्याे । “
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस