छत्तिउन खाेलामा बेवारिसे शव फेला
रामेछाप – लिखुतामाकाेशी गाउँपालिका ६ र गाेकुलगंगा गाउँपालिका ६ काे सिमाना हुँदै बग्ने छत्तिउन खाेला किनारमा एक महिलाको बेवारिसे शव फेला परेकाे छ । शुक्रबार साँझ बेवारिसे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
छत्तिउन खोलाको माथिल्लो छाँगो नजिकै पानीको सतहमा रातो चोलो ,निलोमा सेतो धर्का भएको गन्जी लगाएको मङ्गोलियन मुलको जस्तो देखिने अन्दाजी ४५/५० वर्ष उमेरकाे देखिने महिलाको शव सडिगली घोप्टो अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरक्षक काैशल न्याैपानेले जानकारी दिए ।
स्थानियले जानकारी दिएपछि प्रहरीले शवकाे मुचुल्का गरि मन्थली अस्पतालकाे शव गृहमा राखेकाे छ । उक्त शवका आफन्तकाे खाेजी भइरहेकाे र घटनाका विषयमा आवस्यक अनुसन्धान गरिरहेकाे सुचना अधिकारी प्रहरी निरक्षक न्याैपानेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस