मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
रामेछाप – मन्थली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा १ सय शेयर सदस्यलाई विद्युतीय चुलो वितरण गरेको छ । आइतबार २८ ओै स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा सदस्यहरुलाई विद्युतीय चुलाे प्रदान गरेकाे हाे ।
कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले स्थापना दिवसकाे शुभकामना दिदै मन्थली बचतले समाजमा विभिन्न तवरबाट पुर्याएको योगदानकाे प्रशंसा गर्दै सदस्यहरुलाई ढुक्कले बचत गर्न पनि आग्रह गरिन् ।
सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ,रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने मन्थली १ का वडा अध्यक्ष रामहरि पौडेल,जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल लगायत नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले शुभकामना राख्नेक्रममा मन्थली साकोस सहकारीहरुका लागि उदाहरणीय भएकाे बताए थिए ।
संस्थाले संस्थामा सकृयता पुर्वक नियमित बचत गर्नै सदस्यहरू मध्यबाट १ देखि ५ सय सम्म सदस्य संख्या रहेका १ सय जना सदस्यलाई विद्युतीय चुलो प्रदान गरेकाे हाे । उक्त चुलाे कार्यक्रमकि प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख खड्काले वितरण गरेकी थिइन् । साेही क्रममा सहकारीमा कार्यरत धाेबी शाखामा सुमन खड्कालाई उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मान गरेकाे थियाे ।
२०५० सालमा ११ जना सदस्यहरुले रु १–१ हजार संकलन गरेर सुरु भएको उक्त संस्थामा हाल १७ हजार भन्दा बढि सदस्य संख्या रहेकाे छ ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस