रामेछाप नगर खेलकुद विकास समितिकाे संयाेजकमा कार्की नियुक्त
रामेछाप – रामेछाप नगरपालिकाको खेलकुद विकास समितिको संयोजकमा केदार कार्की नियुक्त भएका छन् । शुक्रबार रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले कार्कीलाई नगर खेलकुद विकास समितिको संयोजकमा नियुक्त गरेकाे हो ।
रामेछाप नगरपालिकाकाे नगर प्रमुख स्तरिय बैठकबाट निर्णय भई खेलकुद बिकास समिति सञ्चालन निर्देशिका ,२०७९ बमाेजिम नगर खेलकुद समिति संयाेजकमा कार्कीलाई नियुक्त गरिएकाे पालिकाका सुचना अधिकारी हाेम बहादुर थापाले जानकारी दिए ।
खेलकुद संयाेजकलाई नियुक्त गर्दै नगर प्रमुख न्यौपानेले सुस्ताएको खेलकुदको गतिविधिलाई चलायमान बनाउन सबै पक्षहरुसँग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गरे ।
कार्की रामेछाप नगरपालिका वडा नं ८ को निवर्तमान वडा अध्यक्ष ,नेपाली कांग्रेस रामेछाप नगरपालिकाका उपसभापति र रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्षकाे समेत भूमिका रहेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस