धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिका ३ भाङटारका ७० बर्षिय बृद्ध रेवत वहादुर खड्का दुई दिन देखि वेपत्ता भएका छन् । खड्का बिहिबार घर बाट हिँडे देखि फर्केका छैनन् ।
घर बाट एक छिनमा आउछु भनी हिडेका खड्का बेलुका अवेर सम्म घरमा नफर्केपछि परिवारजनले बिहिबार राती देखि खोजिविन थालेका थिए ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति निरोज खड्काका अनुसार बेपत्ता भएका खड्काको हुलिया सहित खोजविनका लागि ईलाका प्रहरी कार्यालय धोविलाई जानकारी गराएको र परिवारजनले खड्काको घर आसपास र जान सक्ने संभावित स्थानमा शुक्रबार विहानै देखि खोजि कार्य राखेका छन् ।
खोजि कार्यमा इलाका प्रहरी कार्यालय धोविडाडाँबाट सुरक्षाकर्मी समेत परिचालन भएका छन् । शुक्रबार बेलुका अवेर सम्म खड्काको अवस्थाका बारेमा कुनै जानकारी नभएको परिवारजनले जनाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस