बालबालिकाकाे नि:शुल्क क्यान्सर उपचार सेवा सुरु
भक्तपुर – क्यान्सर अस्पताल भक्तपुरले १४ वर्षभन्दा मुनिका बालबालिकाकाे नि:शुल्क क्यान्सर उपचार सेवा सुरु गरेकाे छ । बुधबार एक ओैपचारिक कार्यक्रम गर्दै अस्पतालले उक्त सेवा सुरु गरेकाे छ ।
अस्पतालमा आयाेजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार तथा औषधी सेवा नि:शुल्क गर्ने मन्त्रालयकाे निर्णय कार्यान्वयनको चरणमा गएको बताए ।
मन्त्री पाैडेलले क्यान्सर पिडित सम्पुर्ण नागरिकको उपचार सरकारले गर्नुपर्ने दायित्व भएपनि प्रयाप्त स्राेत नभएका कारण नसकिएकाे उल्लेख गर्दै हाललाई देशभरका १४ बर्ष मुनिकाे सबैखाले क्यान्सर पिडित बालबालिकाकाे उपचारलाई निशुल्क गर्ने सुनिश्चित गरिएकाे बताए ।
मन्त्री पाैडेलले नागरिककाे स्वास्थ्यप्रति सरकार संवेदनशील भएकाे उल्लेख गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा उपलब्धि मुलक बनाउनका लागि कुनै कसर बाकी नराख्ने समेत बताए ।
मन्त्रालयले क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । याे सेवा देशभर संचालन गरिने भएकाे छ ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस