सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
काठमाडौं – राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार डा. परितोष पौडेलले सहकारी अभियानविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । सहकारी क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय पौडेलले पछिल्लो समय सामाजिक सञ्जाल र केही माध्यमबाट आफूलाई लक्षित गरी गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन् ।
प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारीमा काम गरिसकेका पौडेल अहिले सहकारीकर्मीहरूको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । वित्तीय कारोबार, बचत तथा ऋण व्यवस्थापन र संस्थागत विकासमा लामो अनुभव भएका कारण प्रतिनिधिहरूले आफ्नो पक्षमा सकारात्मक निर्णय गर्ने विश्वास उनले व्यक्त गरे ।
उनका अनुसार निर्वाचन लोकतान्त्रिक अभ्यासको सामान्य प्रक्रिया भए पनि व्यक्तिगत आक्षेप र मिडिया ट्रायल स्वस्थ प्रतिस्पर्धाको हिस्सा हुन सक्दैन । “सहकारी अभियानको मूल उद्देश्य संस्थालाई बलियो बनाउने हो, व्यक्तिमाथि अनावश्यक आरोप लगाएर भ्रम सिर्जना गर्ने होइन,” उनले भने ।
सामाजिक सञ्जालमा उठाइएका आरोपबारे स्पष्ट पार्दै पौडेलले आफूलाई जोडेर फैलाइएका विषय तथ्यहीन रहेको दाबी गरे । उनले नेफ्स्कुनको जग्गा खरिद, भवन निर्माण, कर्जा लगानी वा सफ्टवेयर खरिद प्रक्रियामा आफू संयोजक नरहेको स्पष्ट पारे ।
उनले आफ्नो कार्यकालमा नेफ्स्कुनलाई संस्थागत रूपमा मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थाको आफ्नै भवन निर्माण सुरु हुनु सहकारी अभियानकै उपलब्धि भएको बताए । “आज नेफ्स्कुन आफ्नै भवनबाट सञ्चालन हुनु सम्पूर्ण बचत तथा ऋण सहकारी अभियानका लागि गौरवको विषय हो,” उनले भने ।
पौडेलले सहकारी बैंकलाई थप पारदर्शी, विश्वसनीय र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । आगामी जेठ ९ गते हुने निर्वाचनमा अनुभवी र वित्तीय क्षेत्र बुझेको नेतृत्वलाई साथ दिन उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस