बाढी प्रभावित माझी बस्तिमा डा. सैयदद्वारा खाद्यान्न सामग्री वितरण
रामेछाप – मन्थली नगरपालिका ६ नवुघाटकाे माझी बस्तिमा डा: मनाेर दिन सैयदले खाद्यान्न सामग्री वितरण गरेका छन् । आइतबार माझी बस्तिका बाढी प्रभावित ६० घरपरिवारलाई उनले खाद्यान्न सामाग्री वितरण गरेका हुन ।

स्वास्थ्य र समाजसेवामा चर्चित डा.सैयदले केहिदिन अघि परेकाे अविरल वर्षाका कारण आएकाे बिनाशकारी बाढीबाट प्रभावित मन्थली नगरपालिका ६ नवुघाटका माझीलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । उनले खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, चिनि, नुन , पिठाे लगाएकाे सामाग्री वितरण गरेका छन् ।

अविरल वर्षाका कारण घर तथा खेत ढुवानमा परेपछि खाद्यान्न अभाव झेल्न बाध्य भएका बाढी प्रभावितहरुलाइ दशैका बेला खाद्यान्न उपलब्ध गराएकाेमा उक्त वडाका कार्यबाहक अध्यक्ष मनाेज थापाले खुसि व्यक्त गर्दै डा: सैयद प्रति आभार प्रकट गरे । त्यस्तै खाद्यान्न सामग्री बुझ्दै बाढी प्रभावित गणेश माझीले खुसी व्यक्त गरे । विरामीकाे उपचारमा व्यस्त डाक्टर बाढी पिडितकाे पीडाकाे समेत मलम बनेका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस