बलेराे दुर्घटनामा परि दुईकाे मृत्यु
रामेछाप – मन्थली नगरपालिका ५ सुनारपानीमा बलेरो दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । आइतबार दिउसाे भएकाे दुर्घटनामा परि एक जनाकाे घटना स्थलमा र एकजनाकाे उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकाे हाे ।
मन्थली नगरपालिका वडा ५ का वडा अध्यक्ष रविन कुमार कार्की अनुसार मृत्युु हुनेमा मन्थलीनगरपालिका ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको हाे उनी मन्थली ४ कि दलित महिला वडा सदस्य समेत हुन् ।
भने दुर्घटनामा गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ बर्षिय दिलिप कुमार बरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल मा मृत्यू भएकाे छ ।
जिल्ला सदरमुकाम मन्थली बाट सालु तर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप बलेरो आइतबार दिउसो सुनारपानीको भदौरे मोडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । उक्त दुर्घटना परी गम्भीर घाइते भएका मन्थली ४ का ४२ बर्षिय बलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उचार भैरहेको छ ।
अन्य घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थीत रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
मन्थली बाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालु तर्फ जादै गरेको उक्त वलेरो अनियन्त्रित भई सडक वाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
साेही दुर्घटनामा परि नगर सभा सदस्य एंव वडा नं ४ की दलित महिला सदस्य पदममाया नेपालीको घटनामा परी मृत्यू भएकाे शाेकमा मन्थली नगरपालिकाले शोक विज्ञप्ती जारी गरेकाे छ । उक्त विज्ञप्तिमा नेपालीको निधन प्रति गहिरो दुख प्रकट गर्दै सोमवार नगरपालिकाले शोक विदा दिने उल्लेख गरेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस