बलेराे दुर्घटनामा परि दुईकाे मृत्यु
रामेछाप – मन्थली नगरपालिका ५ सुनारपानीमा बलेरो दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । आइतबार दिउसाे भएकाे दुर्घटनामा परि एक जनाकाे घटना स्थलमा र एकजनाकाे उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएकाे हाे ।
मन्थली नगरपालिका वडा ५ का वडा अध्यक्ष रविन कुमार कार्की अनुसार मृत्युु हुनेमा मन्थलीनगरपालिका ४ कि ६० वर्षिय पदम माया नेपालीको घट्ना स्थलमै मृत्यु भएको हाे उनी मन्थली ४ कि दलित महिला वडा सदस्य समेत हुन् ।
भने दुर्घटनामा गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएका ६९ बर्षिय दिलिप कुमार बरुवालको उपचारका क्रममा धुलिखेल अस्पताल मा मृत्यू भएकाे छ ।
जिल्ला सदरमुकाम मन्थली बाट सालु तर्फ जाँदै गरेको वा १८ च १८३९ नं को डवल क्याप बलेरो आइतबार दिउसो सुनारपानीको भदौरे मोडमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । उक्त दुर्घटना परी गम्भीर घाइते भएका मन्थली ४ का ४२ बर्षिय बलेरो चालक गुनकुमार थापामगरको धुलिखेल अस्पतालमा उचार भैरहेको छ ।
अन्य घाइते हुनेहरुमा सोही वडाकी वर्ष ३४ की सीता नेपाली बर्ष २५ कि सुजिता रसाइली, वर्ष २५ कै सरिता नेपाली र उनकी ५ महिनाकी छोरी रोनिषा नेपालीको मन्थलीस्थीत रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
मन्थली बाट सुनारपानी हुँदै भित्री कच्ची सडक प्रयोग गरी सालु तर्फ जादै गरेको उक्त वलेरो अनियन्त्रित भई सडक वाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे ।
साेही दुर्घटनामा परि नगर सभा सदस्य एंव वडा नं ४ की दलित महिला सदस्य पदममाया नेपालीको घटनामा परी मृत्यू भएकाे शाेकमा मन्थली नगरपालिकाले शोक विज्ञप्ती जारी गरेकाे छ । उक्त विज्ञप्तिमा नेपालीको निधन प्रति गहिरो दुख प्रकट गर्दै सोमवार नगरपालिकाले शोक विदा दिने उल्लेख गरेकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस