फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
रामेछाप – मन्थली बजारबाट फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थली १ का हरि बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । बिहीबार साँझ फ्रिजकाे कम्प्रेशर चाेरी गरेेका खड्कालाई प्रहरीले २ घण्टाभित्र पक्राउ गरेकाे हाे ।
मन्थली बजारकाे कृषी बिकाश बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको Pratyush ईन्टरप्राईजेज मन्थलीमा मर्मत गरी राखेको फ्रिजको कम्प्रेशर चोरी भएको थियाे । चाेरी भएकाे जानकारी पाउनसाथ प्रहरीले चाेरी गर्ने व्यक्तिकाे खाेर्दा मन्थली १ का ३९ वर्षीय खड्का फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले खड्काकाे साथबाट चाेरी भएकाे सामान सहित फेला पारेकाे र उनलाई जिल्ला प्रहरी कार्यालयमा रामेछापका राखेर थप जाच भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेका खड्काले यसअघि बजारमा बिग्रिएकाे फ्रिज बनाउछु भन्दै बिगारेर जाने गरेकाे र फ्रिजकाे सामान काम नलाग्ने भएकाे भन्ने गरेकाे स्थानियले बताएका छन् ।
यसरी जिल्लामा केही समयदेखि चाेरीकाे घटना बढेसँगै प्रहरीले चाेरी घटनालाई केन्द्रित गरेर थप सुरक्षा सतर्कता अपनाएकाे जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस