फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थलीकाे खड्का पक्राउ
रामेछाप – मन्थली बजारबाट फ्रिजकाे कम्प्रेशर चाेरी गर्ने मन्थली १ का हरि बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । बिहीबार साँझ फ्रिजकाे कम्प्रेशर चाेरी गरेेका खड्कालाई प्रहरीले २ घण्टाभित्र पक्राउ गरेकाे हाे ।
मन्थली बजारकाे कृषी बिकाश बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको Pratyush ईन्टरप्राईजेज मन्थलीमा मर्मत गरी राखेको फ्रिजको कम्प्रेशर चोरी भएको थियाे । चाेरी भएकाे जानकारी पाउनसाथ प्रहरीले चाेरी गर्ने व्यक्तिकाे खाेर्दा मन्थली १ का ३९ वर्षीय खड्का फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले खड्काकाे साथबाट चाेरी भएकाे सामान सहित फेला पारेकाे र उनलाई जिल्ला प्रहरी कार्यालयमा रामेछापका राखेर थप जाच भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेका खड्काले यसअघि बजारमा बिग्रिएकाे फ्रिज बनाउछु भन्दै बिगारेर जाने गरेकाे र फ्रिजकाे सामान काम नलाग्ने भएकाे भन्ने गरेकाे स्थानियले बताएका छन् ।
यसरी जिल्लामा केही समयदेखि चाेरीकाे घटना बढेसँगै प्रहरीले चाेरी घटनालाई केन्द्रित गरेर थप सुरक्षा सतर्कता अपनाएकाे जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस