बफरे खाेलाले बगाएर एक महिलाको मृत्यु
रामेछाप – मन्थली नगरपालिका १० चनखुकी एक महिलाकाे खाेलाले बगाएर मृत्यु भएकाे छ । मंगलबार बिहान खाेला तर्ने क्रममा खाेलाले बगाएर महिलाको मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका १० चनखुबाट मन्थली ८ चिसापानीमा रहेकाे खेतमा काम गर्न जादा खाेला तर्ने क्रममा खाेलाले बगाएर महिलाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा मन्थली १० चनखुकी ४५ बर्षीय लाेकमाया श्रेष्ठ रहेकाे प्रहरीले जनाएको छ ।
खाेलाले बगाएकाे श्रेष्ठकाे शव साेही खोलाको कलभर्टमा अड्किरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस