चोरीको आरोपमा एक भारतिय नागरीक सहित ३ जना पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीको आरोपमा एक भारतीय नागरिक सहीत ३ जनालाई पक्राउ गरेको छ । बिहिबार साझँ मोबाईल र नगद चोरी गरेको आरोपमा उनिहरुलाई प्रहरीले प्रक्राउ गरेको हो ।
रामेछाप जिल्लाको मन्थली नगरपालीका ४ सालुका सोम बहादुर खत्रीको ओप्पो कम्पनीको मोबाईल र नगद चोरी गरी फरार भएका भारतको बिहार दोस्तिया थाना ७ का ३२ वर्षका तपेश्वर महतो , सर्लाही ब्रम्हापुरी नगरपालीका ६ का ४० वषीकी कुसुम कुमारी र १९ वर्षीकी सुनीता कुमारीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु कवाडी (पुराना सामान) संकलन गर्ने तथा साट्ने काम गर्ने गरेकोे पाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक कौषल न्यौपानेले जानकारी दिए । उनिहरुलाई जिल्ला अदालत रामेछापमा डाँका चोरी मुद्यामा म्याद थपगरी थप अनुसन्धार भइरहेको न्यौपानेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस