नगरपालिकाले सार्वजनिक गरेकाे प्रतिवेदन सच्याउन स्थानियकाे माग
रामेछाप – मन्थली नगरपालिकाले मंगलबार सार्वजनिक गरेकाे ‘घर बहाल कर’ सम्बन्धि प्रतिवेदन चित्तबुझ्दाे नभएकाे भन्दै स्थानियले प्रतिवेदन सच्याउन माग गरेका छन् । बिहीबार मन्थलीका स्थानीय एंव घरधनिहरुले उक्त प्रतिवेदन मान्य नहुने भन्दै सच्याउनु पर्ने माग राखेका हुन ।
घरबहाल कर सम्बन्धि नगरपालिकामा तयार पारेको प्रतिवेदन बाहिरिएपछि घरधनीहरूले विरोध जनाएका छन् । साेही प्रतिवेदन सच्याउन माग गर्दै स्थानियले नगरको ध्यानाकर्षण गराएका छन् ।

नगरले सार्वजनिक गरेकाे प्रतिवेदन सच्याउन माग राख्दै मन्थली नगरपालिका १ काे मुख्य बजार देवकोटा चोक टोल विकास समितिका अध्यक्ष सुरेश उदासको नेतृत्वमा स्थानियहरु नगरपालिकामा डेलिकेशन समेत गएका थिए ।
डेलिकेशनमा गएका स्थानियहरुले नगरले अस्वभाविक घरबहाल कर निर्धारण गरेकाे ,स्थानिय राय सुझाव बिनानै प्रतिवेदन तयार गरेकाे र उक्त प्रतिवेदन वैज्ञानिक एंव व्यबहारिक पनि नभएकाे स्थानिय आराेप लगाएका छन् ।

त्यसैगरी स्थानीयकाे मागलाई सम्बाेधन गर्ने क्रममा नगर प्रमुख लब श्रेष्ठले प्रतिवेदनमा सुधार गर्नुपर्ने कुराहरु केके छन् त्यसमा छलफल गरेर सुधार गर्न तयार रहेकाे बताए ।
नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले नगरपालिका क्षेत्रभित्रका घर, पसल, गोदाम, कारखाना, टहरा, छाप्रा, र जग्गाको समेत वर्गीकरण गरेर (‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’) कर निर्धारण गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस