लिखु ताकाकाेशीमा राष्ट्रपति महिला उत्थान जिविकाेपार्जन तथा सशक्तीकरण कार्यक्रम
रामेछाप – लिखुतामाकाेशी गाउँपालिकामा महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान जिविकाेपार्जन तथा सशक्तीकरण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम पालिकाकाे सबै वडाहरुमा गरिएकाे हाे ।
राष्ट्रपति महिला उत्थान जिविकाेपार्जन तथा सशक्तीकरण कार्यक्रम रामेछाप युनेस्काे संगी शिक्षा कार्यक्रमकाे प्राविधिक सहयाेगमा पालिकाले आयाेजना गरेकाे हाे । कार्यक्रम ग्रामिण महिला , एकल महिला र अपांग महिलाहरुकाे जिविकाेपार्जनमा सहयाेग पुर्याउने र आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउने उद्देश्यले पालिकाे वडा स्तरमा गरिएकाे पालिका प्रशासकीय प्रमुख धनेन्द्र भुजेलले जानकारी दिए ।

कार्यक्रममा पालिका सबै वडाका गरि ७ सय ५० जना भन्दा बढी सहभागी भएका थिए । सहभागी महिलाहरूले जिविकाेपार्जनका लागि व्यवसायमुखी तालिमकाे आवस्यकता रहेकाे बताए । त्यस्तै महिलाहरुले गाउँमा उत्पादन गरेका बस्तुका लागि बजार व्यवस्थापन गर्नु पर्ने साथै अपांग महिलाहरुका लागि उनिहरुकाे क्षमता अनुसारकाे तालिम व्यवस्था गरेर जिविकाेपार्जनमा जाेड्नका लागि आग्रह गरे ।

कार्यक्रममा कानुनी साक्षरता ,महिला हिंसा , घरेलु हिंसा , आर्थिक उपार्जन तथा आर्थिक सवलीकरणका विषयमा जानकारी दिइएकाे थियाे । कार्यक्रमकाे सहजीकरण कानुन व्यवसायी अन्जना अर्याल र पत्रकार ज्ञानु श्रेष्ठले गरेकी थिइन । कार्यक्रम असार २ गतेदेखि ८ गते सम्म संचालन भएकाे थियाे ।
रामेछाप युनेस्कोकी अध्यक्ष कल्पना खड्काकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुकाे आतिथ्यतामा हरेकाे थियो । कार्यक्रममा सहभागी महिलाहरूलाई झाेला वितरण गरिएकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस