नेपाल पत्रकार महासंघको महाधिवेशन स्थगित
काठमाडौ – नेपाल पत्रकार महासंघको यही जेष्ठ २६ गते हुने भनिएको २७ ओैं महाधिवेशन स्थगीत भएको छ । ताेकिएकाे मितिमा निर्वाचन हुन नसक्ने भनि महासंघका अध्यक्ष विपुल पाेखरेलले एक विज्ञप्ति जारी गर्दै महाधिवेशन स्थगित भएको जानकारी दिए ।
महासंघकाे मतदाता नामावलीमा आएकाे समस्यालाई कारण देखाउदै यसअघि ताेकिएकाे मितिमा अधिबेशन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ । उक्त मतदाताकाे नामावलीमा आएकाे समस्या समाधानकाे पहल भइरहेको हुदा उक्त विवाद समाधान गरेर आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्न सकिने गरि महाधिवेशनकाे मिति तय गर्ने अध्यक्ष विपुल पोख्रेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
महासंघको निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि अध्यक्ष पोख्रेलले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस