सुनापतिमा एकल कन्या भत्ता
रामेछाप – रामेछापको सुनापति गाउपालिकाले अविवाहित एकल कन्या महिलालाई सामाजिक सुरक्षा भत्ता प्रादन गर्ने गरेकाे छ । पालिकाले ५० वर्ष नाघेका अविवाहित महिला र ६० वर्ष नाघेका पुरुषलाई एकल भत्ता दिने गरेकाे हाे ।
पालिकाले ५० वर्ष उमेर भन्दा माथिका अविवाहित एकल महिलालाई र ६० वर्ष नाघेका अविवाहित तथा एकल पुरुषलाई प्रत्येक महिना रु १ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेकाे छ ।
यसरी पालिकाले एकल पुरुष भत्ता आर्थिक वर्ष २०७९/८० देखि प्रदान गर्न सुरु गरिएकाे हाे भने संचालनमा कन्या तथा एकल महिला भत्ता भने आर्थिक वर्ष २०८०- ८१ अर्थात यसै वर्ष देखि प्रदान गरेकाे हाे । यसरी एकल कन्या तथा एकल पुरुष भत्ता हाल पालिकाले ११६ जनालाई प्रदान गरिरहेकाे पालिकाका प्रशाशकीय प्रमुख दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेपालकाे कानुन अनुसार २० वर्ष उमेर पूरा भएपछि विवाह गर्न पाइन्छ । सामाजिक बुझाईका आधारमा सामान्यतया विवाह गर्ने उमेर घर्किदा सम्म विवाह नगरेकालाइ एकल भनेर भन्ने गरिएकाे छ । यसरी एकल जीवन विताइरहेका महिला तथा पुरुषहरुका एकल भत्ता प्रदान गरेर साहारा बन्ने काेसिस गरेकाे पालिकाकी उपाध्यक्ष गिता बिष्टले बताईन । याे रामेछाप जिल्लाकाे हकमा पहिलाे अभ्यास हाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस