आगाे लागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुनुपर्छ : प्रजिअ निराैला
रामेछाप – विपद व्यवस्थापन समिति रामेछापको बैठकमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले आगाे लागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छिन् । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे उक्त बैठकमा प्रजिअ निराैलाले आगाेलागि नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी हुन ।
साे बैठकमा प्रजिअ निराैलाले सबै पक्ष एंव निकायलाई आ- आफ्नाे क्षेत्रबाट जिम्मेवार बन्न आग्रह गर्दै सामुदायिक बनमा आगाे लगाउने वा आगाे लाग्ने किसिमकाे गतिविधि गर्ने व्यक्तिकाे पहिचान भएमा तत्काल जिल्ला प्रहरी र प्रशासनमा सुचना दिएर सहयाेग गर्न आग्रह गरिन् । प्रजिअ निराैलाले सबै पक्ष चनाखाे र सचेत भए मात्र हुन सक्ने जाेखिम र क्षतिलाई कम गर्न सहयाेग पुग्ने बताईन् ।
यसैगरी बैठकमा सहभागीहरुले आगाेलागिकाे जाेखिम भएकाे क्षेत्रमा रिजब पानी ट्याङ्की बनाउनुपर्ने ,खरकाे छानाे विस्थापित गरेर टिनकाे छानाे फेर्नमा पहल गर्नुपर्ने,आगाे लागि हुनबाट बच्न अपनाउनु पर्ने उपायहरु र आगाे लागेपछि हुने क्षतिका बारेमा संचार माध्यमकाे भरपुर प्रयाेग गरेर नागरिक स्तर सम्म सुचना प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने साथै आगाे लगाउने गतिविधिमा संलग्न ब्यक्तिलाई भएकाे कारबाही सार्वजनिक गर्नुपर्ने सुझाव राखेका थिए ।
उक्त बैठकमा निम्म निर्णयहरु भएका छन् ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस