महिला दिवसमा वक्तित्वकला प्रतियोगिता
रामेछाप – मन्थली नगरपालिकाले ११४ ओै अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा वक्तित्वकता प्रतियोगिता गराएकाे छ । बिहीबार पालिकाले नगरभित्रका उद्यमी महिलाहरू बिच वक्तित्वकला प्रतियोगिता गराएकाे हाे ।
नगरले संचालन गरेकाे “नारीमा लगानि सभ्य र समुन्नत समाजकाे थालनी “भन्ने शिर्षकमा भएकाे वक्तित्वकला प्रतियोगितामा ११ जना उद्यमी महिलाहरुले भाग लिएका थिए । प्रतियोगितामा भाग भाग लिएकाहरुमा लघु उद्यमी समुह मन्थली १ की बिनिता श्रेष्ठ प्रथम, लघुउद्यमी समूह मन्थली २ कि प्रमिला न्याैपाने द्वितीय ,दिदी बहिनी महिला बचत मन्थली ९ की सरिता खड्का तृतीय र अविरल महिला जागृत बचत मन्थली २ कि सीमा अधिकारी सान्त्वनाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुनेलाई क्रमश : ७ हजार ५ सय ,५ हजार ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकाे छ, भने प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान नगरपालिकाकी महिला शाखा प्रमुख भगवती तामाङले जानकारी दिइन् ।

कार्यक्रम पालिकाकी उपप्रमुख ईश्वरी बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे भने प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । उक्त कार्यक्रममा पालिकाका प्रशासकीय प्रमुख, मन्थली क्याप्पसका प्रमुख , महिलाहरुद्वारा संचालित विभिन्न संघसंस्था ,महिला स्वास्यस्वयमसेविका तथा संचारकर्मीहरुकाे उपस्थित रहेकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस