जलविद्युतले बिना सुचना ड्याम खाेल्दा जलाउदै गरेकाे शव बगायाे
रामेछाप -लिखु २ जल विद्युत् आयोजनाले बिना सूचना ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङमा उक्त जलविद्युतले सुचना नदि ड्याम खाेलिदिला जलाउदै गरेकाे शव बगाएको हाे । भने मलामीहरु हताहत भएका हुन ।
लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा अचानक ड्याम खाेलिदिएपछि आएकाे बाडीले शव बगाएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए । शव लिएर गएका मलामीहरू पनि केही हताहत भएकाे बस्नेतले जानकारी दिए । बस्नेतले भने साझ ६ बजे तिर एक्कासी खोला आयो हामी भागेर माथि आयौँ । जल्दै गरेको शव माथिबाट एक्कासि खोलो बग्यो । अँधेरो भएको कारण साथीहरू कता – कता भागे थाहा छैन । हामी साथीहरूको खोजीमा छौँ उनले भने ।
त्यस्तै घटना स्थलमा किन्जा प्रहरी चौकीका प्रहरी गएकाे र थप जानकारी आउन बाकी रहेकाे जिल्ला प्रहरीले रामेछापले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस