बिनुकाे अनसन अझै जारी
रामेछाप – श्रीमानकाे घरमा बस्नपाउनु पर्ने माग राख्दै आमरण सनसन बसिरहेकी बिनु यादवले मंगलबार पनि अनसन जारी राखेकी छिन् । जिल्ला प्रशासन कार्यालय रामेछापकाे गेट अगाडि अनसनरत बिनुले मंगलबार बिहान सम्म अनसन जारी राखेकी छिन् ।
आइतबार देखि अनसनरत रहेकी बिनु यादव श्रीमानकाे घरमा बस्नपाउनु पर्ने एकसुत्रे माग राखेर अनसनरत छिन । खुल्ला आकाशमुनि आमरण अनसन बसेकी उनकाे स्वास्थ अवस्था कमजाेर बन्दै गएकाे छ । आफ्नो मागप्रती प्रशासनले वेवास्ता गरेकाे भन्दै उनले आक्राेस व्यक्त गरिरहेकी छिन् ।
रामेछापकी प्रमुख जिल्ला अधिकारीले उनकाे माग सम्बाेधनका लागि गरेकाे प्रयासहरु विफल भएका छन् । उनकाे मागका विषयमा उनी र उनकाे श्रीमानसँग पटक-पटक छलफल गर्दा समेत निकास ननिस्केकाे प्रमुख जिल्ला अधिकारी अनिता निराैलाले जानकारी दिइन् । अनसनरत बिनुकाे माग पूरा गर्न उनका श्रीमान प्रदिप कठायतले अस्विकार गरेका छन् । यता प्रशासनले बलप्रयाेग गरेर उनकाे माग पूरा गराउदा थप समस्या निम्तिन सक्ने प्रजिअ निराैला बताउछिन् ।
बिनुकाे अनसनप्रति प्रजिअ गम्भीर भएर लागेकाे बताएकी छिन । उनकाे माग संम्बाेधनका लागि उनी ,उनकाे श्रीमान ,सुरक्षा समिति र सराेकारवाहरुसँग आईतबार देखि लगातार छलफल र पहल गरिरहेकाे बताइन् । छलफलबाट प्राप्त रायका आधारमा साेमबार बिनुकाे मागपुरा गर्न गरिएकाे पहलहरुकाे जानकारी गराउदै प्नजिअले अनसन ताेड्न गरेकाे अनुराेध अस्वीकार गर्दै जानकारी पत्र समेत च्यातिदिएकी छिन् ।
बिनुकाे एकसुत्रे माग श्रीमानकाे घरमा बस्न पाउनुपर्छ भन्ने छ भने उनकाे श्रीमान प्रदिपले भने घरमा बस्न दिन अस्विकार गर्दै अदालतलबाट भएकाे फैसला बमोजिम मानाचामल भराउन तयार रहेकाे बताएका छन् ।
यता बिनुले भने अदालतकाे फैसला अनुसार मानाचामल लिन अस्विकार गरेकी छिन । उनी आफ्नाे माग पूरा नभएसम्म अनसन नताेड्ने अडान राखिरहेकी छिन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस