अन्तरास्ट्रिय आप्रवासी श्रमिक दिवसमा विविध कार्यक्रम
रामेछाप – मन्थली नगरपालिकाकाे सहयाेगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र रामेछापले अन्तरास्ट्रिय आप्रवासी श्रमिक दिवसकाे अवसरमा दिपप्रज्वलन कार्यक्रम गरेकाे छ । साेमबार साझ मन्थलीकाे देवकोटा चाेकमा दिप प्रज्वलन गरेकाे हाे ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलाकाे प्रमुख आतिथ्यतामा बैदेशिक राेजगारीकाे सिलसिलामा प्रवासमा ज्यान गुमाएकाहरुकाे संझना गर्दै दिपप्रज्वलन गरिएकाे मन्थली नगरपालिकामा संचालित सामी परियाेजनाका प्रमुख दिपक केसिले जानकारी दिए ।
त्यसैगरी दिवसकाे अवसर पारेर सुरक्षीत बैदेशिक राेजगारका लागि पत्रकारकाे भुमिका विषयमा अन्तरक्रिया गरेकाे थियाे । उक्त कार्यक्रममा सहभागी पत्रकारहरुले सुरक्षीत वैदेशिक राेजगारका लागि राेजगार मुलक सीप सिकेर जानू पर्ने , जान लागेकाे मुलककाे भाषा तथा नियम कानुनका बारेमा जानकारी लिएर जानू पर्ने बताएका थिए ।
कार्यक्रममा सामी परियाेजनाका कार्यक्रम प्रमुख भाेजराज सुनुवारले वैदेशिक राेजगारमा वर्तमान अवस्था ,अवसर र चुनाैतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रम संयाेजक दिपक केसिले रामेछाप जिल्लाबाट वैदेशिक राेजगारीमा जानेकाे अवस्था ,समस्या , चुनाैती , यसमा गर्न सकिने प्रयास र नगरपालिकाबाट भएका पहलका बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रम मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे । नगरपालिकाले दिवसकाे अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रम संचालन गर्ने गरिहेकाे छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस